प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

२०८२-०५-०१

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित सोही नगरपालिका-९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ईरिक्सामा सवार उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार