जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
२०८२-०५-०३
- A
- A-
- A+
बर्दिया, बाँसगढी नगरपालिका-३ शान्तिपुर बस्ने ६० वर्षीय खिम बहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा खिम बहादुर समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३ सय १५ रूपैयाँ, २ गड्डी तास र मोबाइल ५ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।