बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-०४
- A
- A-
- A+
ललितपुर, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१३ बस्ने ५५ वर्षीय कृष्ण प्रसाद बजगाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०८१ फागुन ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भई फरार रहेको उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-१३ झरूवारासीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।