प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८२-०५-०५

  • A
  • A-
  • A+
Share

कैलाली, गौरीगंगा नगरपालिका-८ मसुरिया बजारस्थित सोही नगरपालिका-७ बस्ने ३० वर्षीय टेक मन्नीले संचालन गरेको चाईनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा टेक समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १७ हजार ७ सय ७० रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार