अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०५-११
- A
- A-
- A+
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर केदारचोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ३० वर्षीय शरण राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम ६४ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९ सय २० रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने २५ वर्षीय सुनिल तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम र नगद १७ हजार रूपैयाँ सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।