अपहरण तथा शरीर बन्धक कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-११
- A
- A-
- A+
स्याङ्जा, अपहरण तथा शरीर बन्धक कसूर मुद्दाका फरार प्रतिवादी अर्जुनचौपारी गाउँपालिका-५ बस्ने ३८ वर्षीय ठाकुर विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पोखरा कास्कीको २०७० चैत १८ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्की छोरेपाटनबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।