प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

२०८२-०५-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ बसन्तपुर बस्ने ३५ वर्षीय राम साउदको टहरामा जुवातास खेलिरहेको अवस्थामा राम समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य ६ जनाको खोजी गरिरहेको छ । 

नुवाकोट, शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दली होटलमा जुवा (कौडा) खेलिरहेको अवस्थामा लिखु गाउँपालिका-५ डि चौघडा बस्ने ४० वर्षीय श्याम कृष्ण श्रेष्ठ समेत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ७१ हजार ६ सय रूपैयाँ र कौडा ३१ थान सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
२०८२-०८-१४

काठमाडौं, ललितपुर, गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको   हो । चितवन, कालिका नगरपालिका-६ बस्ने ६० वर्षीय ठाकुर प्रसाद भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जिरौनाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय १० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८२-०८-१३

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी  ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।