अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०५-१२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ९० एम्पुल, फेनारगन ३ सय ९० एम्पुल बुप्रेनोर्फिन ३ सय ९० एम्पुल सहित सप्तरी राजबिराज नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७६२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-१० मनकामना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सनमित धिमाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित रौतहट गरूडा नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-८ खतिवडा चोक नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित सोही नगरपालिका-१४ कामीटार बस्ने २० वर्षीय सन्ते ब्लोनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार अन्य १ जनाको खोजी गरिरहेको छ ।
धादिङ, गल्छी गाउँपालिका-६ महेश दोभानबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित कास्की पोखरा महानगरपालिका-९ बस्ने २८ वर्षीय संजय केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग. २० प ४७२६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।