प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-०५-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रूपैयाँ र ५८ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार