अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०५-१४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ४० एम्पुल, प्रोमेथाजाइन ३ सय ४० एम्पुल र बुप्रेनोर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी छिन्नमस्ता गाउँपालिका-१ बस्ने १९ वर्षीय रंजित मेहतालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५४३१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-६ नागेश्वर गल्लीबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ९० ट्याब्लेट सहित काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ घर भएका २३ वर्षीय सुरज रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बढैयाताल गाउँपालिका टेसनपुर बस्ने २० वर्षीय प्रसान्त चौधरी र गुलरिया नगरपालिका-१२ कालिनगर बस्ने २२ वर्षीय निरज परियार रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले भे.८ प ४८७८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २८ वर्षीय हेमराज विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भोजपुर, भोजपुर नगरपालिका-९ पिङडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका-१२ बस्ने ३० वर्षीय रिजन श्रेष्ठ र टेम्केमैयुङ गाउँपालिका-२ बस्ने २८ वर्षीय सनुप राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले को.११ प ७६६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ६० मिलिग्राम सहित गोदावरी नगरपालिका-१ बस्ने डोटी शिखर नगरपालिका-८ घर भएका ३५ वर्षीय बिर बहादुर रावललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०४-००१ प ०६६५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित चुरे गाउँपालिका-३ बस्ने ३२ वर्षीय मोहन मल्ललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अवैध लागूऔषध खेरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय बिजय विक र सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय प्रदिप राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २३४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकस्थित जयराम होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो ६ सय ९० ग्राम सहित होटल संचालक बझाङ बुङ्गल नगरपालिका-८ घर भएका ३२ वर्षीय राम बोहरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बारा, सिम्रौनगढ नगरपालिका-२ नयका टोला बाही टोल बस्ने ३५ वर्षीया रीता देवी यादवलाई अवैध लागूऔषध गाँजा करिब १ सय ३८ किलो ७ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बस्ने २६ वर्षीय राम चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।