नियन्त्रित लागूऔषध सहित चार जना पक्रा
२०८२-०५-१५
- A
- A-
- A+
रूपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ७० मिलिग्राम सहित शुद्धोधन गाउँपालिका-३ बस्ने १९ वर्षीया सुमित थारू समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-६ नारायणपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय नारायण डगौरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय समिर महत्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।