हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०५-१६
- A
- A-
- A+
सिन्धुली, आफ्नै आमा ६५ वर्षीया फाल कुमारी सुनुवारको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ भौडी बस्ने ४० वर्षीय तुला राज सुनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अंशबन्डाको विषयलाई लिएर तुला राजले फलामको खन्ती प्रहार गर्दा फाल कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-६ गिजरा बस्ने २२ वर्षीय अर्जुन राना मगरको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश रमजालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । घरयासी वादविवादको क्रममा दिनेशले बियरको बोतल प्रहार गर्दा गम्भीर घाइते भएका अर्जुनको सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।