जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०५-१७
- A
- A-
- A+
सुर्खेत, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।