अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०५-१७
- A
- A-
- A+
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ६९ एम्पुल, डाईजेपाम ६९ एम्पुल र बुप्रेनोर्फिन ६९ एम्पुल सहित सोही नगरपालिका-१० बोक्से बस्ने ३३ वर्षीय डेनिल बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको को. १ ज ३४४१ नम्बरको विङ्गर गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४२ ग्राम सहित सिराहा सुखीपुर नगरपालिका-२ बस्ने २४ वर्षीय राजिव राज महतोलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६९१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने २७ वर्षीय नुर्पु शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।