अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८२-०५-१८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१३ ताहाचलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ११ ट्याब्लेट र नगद २ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने भारत सितामाडी घर भएका २४ वर्षीय राजु साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्राम सहित उदयपुर वेलका नगरपालिका-५ बस्ने ३० वर्षीय बिरधन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय ओम बहादुर भुजेल र ३२ वर्षीय शीर्षक राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले विशाल चोकबाट शीतलचोकतर्फ आउँदै गरेको को.२७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३० वर्षीय दशरथ खवासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ४० वर्षीय मुलुक मुण्डालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३१ वर्षीय सुमन नेपाली र पोखरा महानगरपालिका-१७ बस्ने २७ वर्षीय पारस सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, विरेन्द्रनगर नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय लोकेश आचार्य र २० वर्षीय धन बहादुर सोमै मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले लोकेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-६ ललितपुर पकडिहवा बस्ने ३५ वर्षीय ईरसाद प्रवेजलेमलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९८ एम्पुल, बुप्रेनोर्फिन ९६ एम्पुल, प्रोमेथाजाइन ९९ एम्पुल, स्पास्मो २ सय ६० ट्याब्लेट र नगद १० लाख २० हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको युपि ५६ एएक्स ८१३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय सन्त राम रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००९ प ४०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बस्ने ३६ वर्षीय विकास तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने ३४ वर्षीय अब्दुल मन्सुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले विकासको घर तलासी गर्दा उक्त पदार्थ फेला परी दुबै जनालाई पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-१ भालुबाङ नयाँबजार डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका-५ घर भएका ३० वर्षीय बिराट केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम र नगद १ हजार ८ सय २० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङ बुंगल नगरपालिका-१० बस्ने २७ वर्षीय धन बहादुर बाग रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।