लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०५-१८
- A
- A-
- A+
स्याङ्जा, लागूऔषध मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्दिप पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०७५ भदौ ५ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ८ महिना १२ दिन कैद सजाय र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन सिमलटुंडाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।