अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८२-०५-१८
- A
- A-
- A+
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पूर्वटोलबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-११ खेस्रोल बस्ने २० वर्षीय मुना यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बीर ०५ एम ७७१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।