अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०५-२३
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ग्राम र डिजिटल तराजु सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपौल बिहार ठेगाना भएका २७ वर्षीय सतीश कुमार यादव र २२ वर्षीया तान्जिला प्रविन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ११ एच २६२३ नम्बरको स्कारपियो गाडी समेत बरामद गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-५ फूलबारी बस्ने २३ वर्षीय अनिल विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपलिका-२ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।