प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ

२०८२-०५-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेलो धातु करिब ६ सय ३५ ग्राम सहित भारतीय नागरिक भरत कुमार विनोद चन्द्र भाटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन एरियामा जाँच गर्ने क्रममा मलद्वार भित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । 

 उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइने छ । 

सम्बन्धित समाचार