प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल र गोली सहित एक जना पक्राउ

२०८२-०५-२४

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट होममेड सिक्सर पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित भारत झारखण्ड पाकु ग्राम पंचायत मालपाहारी बस्ने २७ वर्षीय प्रदिप शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित खाजा पसलमा प्रदिपले १८ वर्षीया किशोरीलाई गोली प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको   हो । साथै गोली प्रहारबाट घाइते भएकी किशोरीको एनएमसी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
पेस्तोल सहित दुई जना पक्राउ
२०८२-१०-२७

मोरङ, सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बुलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, हेण्डसेट २ थान र भरूवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त हतियार तथा हेण्डसेट सोही नगरपालिका-३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले प्रेम बहादुरलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।