अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७८-१०-१८
- A
- A-
- A+
कास्की,पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ९२७ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।