प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८२-०६-०४

  • A
  • A-
  • A+
Share

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६५ वर्षीय लक्ष्मी प्रसाद देवकोटा समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार