अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०६-०७
- A
- A-
- A+
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-१ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ३२ एम्पुल, बुप्रेनोर्फिन १ सय ३२ एम्पुल र प्रोमेथाजाइन १ सय ३२ एम्पुल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२९ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल रहेका छन् । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-३ तिलकपुर बस्ने ६० वर्षीय राम सिंह साउद र उनकै छोरा २८ वर्षीय हेमन्त साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय १८ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भासी र नौलाखेतबाट खटिएको प्रहरीले राम सिंहको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।