प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०८२-०६-०९

  • A
  • A-
  • A+
Share

मोरङ, विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेश समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल ३ थान समेत बरामद गरेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार