अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०६-१९
- A
- A-
- A+
दार्चुला, दुहुँ गाउँपालिका-५ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ सय ८० ग्राम सहित सोही गाउँपालिका-१ बस्ने ५६ वर्षीय हर्क बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपलिका-२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय यलसन चौधरी र सोही उपमहानगरपालिका-५ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका-११ घर भएका १९ वर्षीय पर्शुराम कठरिया रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।