अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-०६-२०
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-२१ गंगारामपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सोनु अलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।