जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२-०६-२२
- A
- A-
- A+
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित गोदाम घरमा जुवातास खेलिरहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका-१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ५ सय ९० रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।