जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०६-२२
- A
- A-
- A+
बाँके, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती सोनारी गाउँपालिका-५ उर्लिहवा बस्ने ३० वर्षीय प्रेम थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रेमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।