प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-०६-२४

  • A
  • A-
  • A+
Share

झापा, बिर्तामोड नगरपालिका-८ किसनभिट्टा बस्ने ५० वर्षीय ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा ओमनाथ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार