अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८२-०६-२४
- A
- A-
- A+
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ८५ ग्राम सहित सर्लाही लालबन्दी घर भएका ३१ वर्षीय प्रबिण परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।