प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-०६-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार