प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८२-०७-०१

  • A
  • A-
  • A+
Share

सल्यान, शारदा नगरपालिका-१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुर समेत ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ सुर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४२ वर्षीय बसन्त राज घिमिरे समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार