अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-०७-०४
- A
- A-
- A+
रौतहट, यमुनामाई गाउँपालिका-५ बमनहरबाट नियन्त्रित लागूऔषध फेनारगन ५ सय १ एम्पुल, डाइजेपाम ५ सय एम्पुल, नोर्फिन ३ सय ९८ एम्पुल र बुप्रेनुर्फिन १ सय १ एम्पुल सहित म्याग्दी घर भएका ६३ वर्षीया दिलमाया विक भन्ने ईनमायाँ विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले गौरबाट चपुरतर्फ जाँदै गरेको ना.५ ख ५०६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१६ बालग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २३ वर्षीय आकाश राई र २२ वर्षीय अभिनाश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले को.३८ प २०६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत भिमनगर पन्चायत-११ बस्ने २० वर्षीय नवि हुसेन र सप्तरी राजविराज नगरपालिका-६ बस्ने १९ वर्षीय मोहमद खुसिद रहेका छन् । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।