प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०७-०७

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ जंग्रहवा बस्ने मोतिराम डाँगीको घरमा जुवातास खेलिरहेका अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २७ वर्षीय विष्णु शर्मा लगायत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ९ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार