नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
२०८२-०७-०९
- A
- A-
- A+
मोरङ, मिक्लाजुङ गाउँपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६७ ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय युनिश विकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।