रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ
२०७८-०६-०३
- A
- A-
- A+
जाजरकोट, २०७८ असोज ३ गते
नलगाड नगरपालिका-५ कालिमाटीस्थित होटलबाट रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित बारेकोट गाउँपालिका-५ नायकबाडा बस्ने १९ वर्षीय लोकेश परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको ।
उक्त होटलमा रेडपाण्डा जस्तो देखिने जनावरको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले होटलको १ सय २ नम्बर कोठा तालसी गर्दा परियारलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।