प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पेस्तोल सहित दुई जना पक्राउ

२०८२-०७-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१८ ढल्कुबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १२ राउण्ड सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ नयाँबजार बस्ने नुवाकोट लिखु गाउँपालिका-६ घर भएका २३ वर्षीय समिर श्रेष्ठ र सोही महानगरपालिका-१६ क्षेत्रपाटी बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१० खोपासी घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

उनीहरूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार