अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
२०८२-०७-१३
- A
- A-
- A+
चितवन, खैरहनी नगरपालिका-१ आचार्य टोल बस्ने ३१ वर्षीय रोहन गान्धारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।