जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
२०८२-०७-१६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका-५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिल बहादुर मगरले संचालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिल बहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका-१ बस्ने ४८ वर्षीय ओम गुरूङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।