अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-०७-१७
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने बझाङ मष्टा गाउँपालिका-४ घर भएका २० वर्षीय बिबेक उपाध्यायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।