अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८२-०७-२०
- A
- A-
- A+
सुर्खेत, विरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम र नगद १४ हजार ३ सय २५ रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय मधुसुधन कटुवाल र २४ वर्षीय खेमराज कटुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।