प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-०७-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२८ बस्ने तनहुँ भिमाद नगरपालिका-४ घर भएका ४४ वर्षीय लेख बहादुर राना समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार १ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो । 

कैलाली, भजनी नगरपालिका-१ भजनी बजारस्थित मोनिस्का होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक ४४ वर्षीय राजु चौधरी समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार