जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०७-२१
- A
- A-
- A+
इलाम,१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।