हत्यामा संलग्न थप २ जना फरार अभियुक्तहरू पक्राउ
२०७८-१०-२२
- A
- A-
- A+
मोरङ, धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको घटनामा संलग्न थप २ जना फरार अभियुक्तहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका-६ जिरोगौवा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका-४ बस्ने ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ समेतको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।