प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा बस्ने ३५ वर्षीय अन्जेश तौजेल समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३८ हजार २ सय १५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार