पेस्तोल सहित एक जना पक्राउ
२०८२-०७-२४
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सोही महानगरपालिका-२ मिरूवा घर भएका १६ वर्षीय किशोरलाई पेस्तोल १ थान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।