नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०७-२४
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९ ट्याब्लेट सहित सोही नगरपालिका-३ नडाहा बस्ने २१ वर्षीय राकेश कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ महेन्द्रपुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नोर्फिन २५ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२३ पामे बस्ने २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका-६ दरवाङ बस्ने ३२ वर्षीय ज्ञान बहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.१६ प ४९७ नम्बरको मोटरसइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।