नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-१०-२३
- A
- A-
- A+
महोत्तरी, गौशाला नगरपालिका-९ गौशाला-बिसरपुर सडकबाट सोही नगरपालिका-६ बस्ने १९ वर्षीय गोबिन्द महरा र १९ वर्षीय राजा यादवलाई नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश २-०२-००५ प ४८६१ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकल चालक महरा र मोटरसाइकलमा सवार यादवलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।