अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०७-२६
- A
- A-
- A+
पर्सा, पर्सागढी नगरपालिका-९ बाट अवैध लागूऔषध गाँजा ९ किलो ३ सय ५० ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार बैशाली बिन्दुपुर-७ बस्ने २३ वर्षीय राजा कुमार, भारत बिहार बैसाली राजमाइल पञ्चायत-१३ बस्ने २३ वर्षीय विशाल कुमार र भारत बिहार छपरा सोनपुर-३ सवलपुर नयाँ टोल बस्ने २३ वर्षीय पिन्टु कुमार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बैतडी, पाटन नगरपालिका-६ पाटन बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ कडाली बस्ने २३ वर्षीय कपिल कठायतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।