अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८२-०८-०२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित सर्लाही बसबरीया गाउँपालिका-१ घर भएका १९ वर्षीय रमेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-४ (घ) गाउँ आनन्द बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय सुरज कुवर र २८ वर्षीय बिनय देवान रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-८ भाषीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अकबर डगौरा र २२ वर्षीय अभिषेक डगौरा रहेका छन् । अस्थायी प्रहरी पोष्ट गईलनदिबाट खटिएको प्रहरीले अभिषेकको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बाँके खजुरा गाउँपालिका-४ ई गाउँ बस्ने ३६ वर्षीय राज कुमार सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-३ लखनागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल थारू र २० वर्षीय सफिक मोहम्मद शाई रहेका छ्न् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० कर्राबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हर्क बहादुर क्षेत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-१ लावरबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभुमि गाउँपालिका-२ बस्ने २६ वर्षीय सम्राट राई, २६ वर्षीय सचिन राई र २४ वर्षीय प्रनिस राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र-१-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार सम्राट र सचिन तथा को.२१ प ९४६० नम्बरको मोटरसाइकलमा सवार प्रनिसलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुली चोक डेरा गरी बस्ने ३२ वर्षीय यसराज राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम र नगद १९ हजार रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५९ एम्पुल, फेनारगन ५८ एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल, टापेन्टाडोल ८० ट्याब्लेट र नगद ३४ हजार ७ सय रूपैयाँ सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१८ लामागाउँ बस्ने २६ वर्षीय लक्ष्मण पुन मगर, २२ वर्षीय गोपाल, २२ वर्षीय बिनित दर्जी, २८ वर्षीय किस्मत गुरूङ र २६ वर्षीय कालिदास घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-५ प्रतिक्षालय चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २० वर्षीया गायत्री सुनार र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय सिमोन विक रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित गुल्मेली खाजा घर एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो र नगद १ लाख ५६ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटलका संचालक गुल्मी रूरूक्षेत्र गाउँपालिका-४ बस्ने २२ वर्षीय हरी प्रसाद ज्ञवाली, गुल्मी, मालिका गाउँपालिका-६ बस्ने २६ वर्षीय महेश घिमिरे र २६ वर्षीय दिल बहादुर कुमाल रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।